Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढीः बाढी पीडितको उद्धार र राहतका लागि एक्यानले गर्यो सहयोगको अपिल

अर्थ सरोकार

काठमाडौँ । नेपाल चाटर्ड एकाउन्ट्न्ट्स संघ (एक्यान)ले भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बुधबार एक अपिल जारी गर्दै संघले रसुवा, नुवाकोट तथा धादिङमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो । 

सोही अपिलमार्फत एक्यानले प्राकृतिक विपद्को उक्त कठिन घडीमा प्रभावित नागरिकको शीघ्र उद्धार, सुरक्षित बसोबास र आवश्यक राहत सामाग्रीको प्रभावकारी व्यवस्थापनका लागि पहल गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

त्यस्तै, संघका सम्पूर्ण सदस्य, विद्यार्थी, परिवारजन र आम नागरिकलाई समेत आ–आफ्नो स्थानबाट बाढीपीडितहरुको उद्धार तथा राहत कार्यमा सक्दो सहयोग गर्न पनि अपिल गरेको छ । 

यत संघले संघसँग आबद्ध कुनै सदस्य, विद्यार्थी वा परिवारजन बाढीबाट प्रभावित भएको भए आवश्यक सहयोग तथा समन्वयका लागि संघको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । यस्तो छ एक्यानको अपिलः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK