Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढीः सबै हेलिकप्टर कम्पनीलाई तयार रहन प्रधानमन्त्री कार्यालयको निर्देशन

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयार रहन निर्देशन दिएको छ । भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टरलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । 

भोटेकोशीमा एक्कासि बाढी आएपछि आवश्यक उद्धार तथा राहत कार्यका लागि हेलिकप्टर कम्पनीलाई तयार रहन निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार बिहान करिब ९ बजे भोटेकोशीमा एक्कासि ठूलो बाढी आएको थियो । बाढीले नदी वरपरको बस्ती बगाएको छ भने अन्य क्षतिको विवरण भने आउन बाँकी छ । 

भोटेकोशीमा आएको बाढी हाल नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतिर बढेको छ । प्रशासन र प्रहरीहरुले नदी क्षेत्रमा रहेकाहरुलाई सुरक्षित स्थानमा जान र सतर्क रहन समेत आग्रह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK