काठमाडौँ । रसुवागढी हाइड्रोपावरको सुरुङमा खोजी तथा उद्धारका लागि गएको उद्धार टोली रित्तै फर्किएको छ । भोटेकोशीमा आएको बाढीपछि उद्धारका लागि भन्दै सुरुङभित्र गएको टोली रित्तै फर्किएको हो ।
सुरुङको अन्तिम भागमा मानिसहरु फसेको हुनसक्ने आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोनसहितको टोली खोजीमा जुटेको थियो ।
तर, सुरुङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाएर खोजी गर्दा पनि सुरुङमा मानवीय उपस्थिति नभेटिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्