काठमाडौँ । भोटेकोशीमा आएको बाढीले प्रहरीका तीन कार्यालय बगाएको छ । बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेंसी र प्रहरी चौकी रसुवागढी बगाएको हो ।
बाढीका कारण यी तीन प्रहरी कार्यालयमा ठूलो क्षति भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ती प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण भने आउन बाँकी छ । बाढीले प्रहरीचौकी सहित रसुवागढी सहित नदि क्षेत्रका बस्तीमा ठूलो क्षति गरेको छ ।
हाल बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् । २ हेलिकप्टरसँगै सेनाको टोली स्थलमार्ग हुँदै रसुवा गएको छ भने थप अर्को हेलिकप्टर पनि रसुवा जाने तयारीमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्