काठमाडौँ । सिन्धुलीमा नवनिर्मित बुद्ध मूर्ति तथा सिढीँको प्राण प्रतिष्ठा तथा उद्घाटन गरिएको छ । जिल्लाको घ्याङलेख गाउँपालिका-४ स्थित घिसिङ डाँडामा बागमती प्रदेश सभा सदस्यता तथा पूर्व संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले बुद्ध मूर्ति तथा सिढीँको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमको सभापतित्व निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु कुमार वाइबाले गरेका थिए भने विशिष्ट अतिथिका रुपमा गाउँपालिका अध्यक्ष शंकरमान घनाल उपस्थित थिए ।
त्यस्तै, कार्यक्रममा वडा अध्यक्ष अमृत वाइवा, स्थानीय बुद्धिजीवी तथा समाजसेवी डम्बर कर्माचार्य, श्याम कर्माचार्य, बिष्णुकुमार कर्माचार्य, निर्मल श्रेष्ठ, इन्द्रकमल श्रेष्ठ, नवीन वाईवा, चन्चल श्रेष्ठ (उ.स. सचिव), पुन्यराज शाक्य, रबिन तन्डुकार, मदन गोपाल धुँजु श्रेष्ठ, गौतम तन्डुकार लगायत स्थानियको उपस्थिति रहेको थियो ।
उक्त बुद्ध मूर्ति तथा सिढिँ निर्माणको लागि आवश्यक बजेट बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठमार्फत विनियोजन भएको थियो ।
बुद्ध मूर्ति तथा सिढीँ उद्घाटन भएसँगै स्थानीय स्तरमा आन्तरिक पर्यटन तथा प्रवर्द्धनको लागि विशेष टेवा पुग्ने विश्वास गरिएको छ । कार्यक्रमको सञ्चालन नवीन वाइवाले गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्