काठमाडौँ । सेवाग्राहीको ‘फुल अडिट’का क्रममा भएको कर निर्धारण केहि घुस दिएर कम गरिदिने भन्दै घुसको बार्गेनिङ गर्ने आरोपमा कर अधिकृत एसएस पालसँगै चार्टर्ड एकाउन्टेन्ट रिझन यादव पनि भ्रष्टाचार मुद्दामा तानिएका छन् । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत पालसँग मिलेर घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका खेलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षण (फुल अडिट) पछि भएको कर निर्धारणसम्बन्धी काम फर्छ्यौट गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले पेस गरेका बिल–बिजक नमिलेको भन्दै करसम्बन्धी काम रोकिएपछि घुस रकमको बार्गेनिङमा यादव संलग्न भएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।
कर अधिकृत र सेवाग्राहीबीचको घुसको ‘डिल’ मिलाउने भूमिकामा चार्टर्ड एकाउन्टेन्ट यादव प्रयोग भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अनुसन्धानका क्रममा पालले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साउन ७ गते उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो । पालले घुस रकम कार्यालयमै ल्याउन भनेपछि पाँच लाख रुपैयाँ बुझ्ने क्रममा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले पालले आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गरी सेवाग्राहीसँग गैरकानुनी रूपमा घुस मागेको तथा रकम लिएको आरोप लगाएको छ । त्यस्तै, घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट यादवलाई पनि प्रतिवादी कायम गरिएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दायर गरेको आरोपपत्रमा दुवै प्रतिवादीलाई कानुनबमोजिम सजाय तथा बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्