Skip to content
LAXMI SUNRISE BANK

५ महिनापछि स्वदेश फर्किंदै देउवा, भव्य स्वागत गर्ने तयारी !

अर्थ सरोकार

काठमाडौँ । उपचारका लागि भन्दै हङकङ पुगेका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा स्वदेश फर्किंदैछन् । देउवा साउन २८ गते (बिहीबार) स्वदेश फर्किन लागेका हुन् । 

देउवा निकट स्रोतका अनुसार उनी बिहीबार १२ः३० बजेट स्वदेश फर्किने तय भएको छ । 

देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यसपछि थप उपचारका लागि भन्दै देउवासहित देउवा पत्नी आरजु राणा देउवा सिंगापुरबाट हङकङ गएका थिए । 

उपचारका लागि भन्दै सिंगापुर हुँदै हङकङ पुगेका देउवा स्वदेश फर्किने भएसँगै नेपालमा उनको भव्य स्वागत गर्ने तयारी गरिएको छ । काँग्रेसी नेताहरुले देउवाको स्वागतमा करिब ५ हजार नेता कार्यकर्ता उतार्ने दाबी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK