काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गरेका छन् । चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकारले आर्थिक सुधारका कार्यलाई तिव्रता दिएको बताए । गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटमार्फत सरकारले २७ वटा नयाँ ऐन परिमार्जन तथा तर्जुमाको प्रक्रिया अघि बढाएको र सार्वजनिक संस्थानहरूको सुधार, पूर्वाधार निर्माणमा निजी वित्त परिचालन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिमा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रमहरू ल्याएको उनले जानकारी दिएका छन् ।
सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत बाधाहरू हटाउँदै लगेको स्पष्ट पार्दै उनले हालै ‘धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावली’ मा संशोधन गरिएको जानकारी दिए ।
उक्त संशोधनमार्फत एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने शेयरमा ८५ प्रतिशतसम्मको हिस्सा सुनिश्चित गरिएको र यसले डायस्पोराको लगानीलाई उच्च प्राथमिकता दिएको सन्देश प्रवाह गरेको अर्थमन्त्री वाग्लेको भनाई छ ।
त्यस्तै, अर्थमन्त्री डा. वाग्लेले प्रवासी नेपालीहरूलाई विशेषगरी सूचना प्रविधि (आईटी), पर्यटन, स्वच्छ ऊर्जा, व्यावसायिक कृषि र हरित पुनः औद्योगिकीकरण जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको बताएका छन् । उनले रुग्ण उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी र ‘अपरेसनल लिज’ मार्फत सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै यसमा प्रवासी नेपालीको पुँजी र अनुभव महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।
सरकारले ‘सफ्ट पावर’ का रूपमा डायस्पोराको लगानीलाई विशेष प्रश्रय दिएको भन्दै उनले स्वदेशी उत्पादन प्रवर्द्धन र आयात प्रतिस्थापनका क्षेत्रमा समेत सहभागी हुन एनआरएनएका सदस्यहरूलाई आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्