Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको ५२ लाख रकमसहित चार व्यक्ति पक्राउ

अर्थ सरोकार

वीरगञ्ज । स्रोत नखुलेको ५२ लाख बढी रकमसहित ४ व्यक्ति पक्राउ परेका छन् । स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्ता रहेका छन् ।

खानतलासी गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK