काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकलाई राहतस्वरूप १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष दिवान बहादुर चन्दले संघको तर्फबाट १ हजार २५० थान एलपी ग्यास सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
संघले बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट समेत गरेको छ ।
ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले घाइतेहरूको शीघ्र उपचार तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा जुट्न सबैमा अपिल गरेको छ ।
संघले विपद्बाट उत्पन्न परिस्थितिमा विभिन्न निकाय मानवीय सेवामा जुटिरहेको भन्दै प्रभावित नागरिकको तत्काल आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै सहयोग गर्ने जनाएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्