Skip to content
LAXMI SUNRISE BANK

५ महिनापछि स्वदेश फर्किन लागेका देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेन-जी युवाको माग

अर्थ सरोकार

काठमाडौँ । ५ महिनापछि नेपाल फर्किन लागेका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेन-जी आन्दोलन नेपालले माग गरेको छ । प्रेस वक्तव्य जारी गर्दै जेन-जी आन्दोलन नेपालले देउवालाई एयरपोर्टबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाउन माग गरेको हो ।

विजय शाहद्वारा जारी उक्त वक्तव्यमार्फत नेपाली काँग्रेसका पूर्व सभापति समेत रहेका देउवमाथि सार्वजनिक रुपमा उठेका प्रश्नहरुको निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ ।

जेन–जी आन्दोलन नेपालले देउवामाथि वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी प्रकरण र मेलम्ची लगायत विभिन्न प्रकरण अनुसन्धान गर्न र दोषी देखिए कानून अनुसार कारवाही गर्न पनि माग गरेको छ ।

त्यस्तै, जेन–जी पक्षले वक्तव्यमार्फत बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा उपस्थित भएर शान्तिपूर्ण रुपमा देउवाविरुद्ध निष्पक्ष अनुसन्धानका लागि सरकारलाई दबाब दिन पनि आह्वान गरेको छ । जेन–जी आन्दोलनपछि उपचारका लागि भन्दै सिंगापुर र सिंगापुर हुँदै हङकङ पुगेका देउवा बिहीबार ५ महिनापछि नेपाल फर्किंदैछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK