काठमाडौँ । ग्लोबल आइएमई बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २२.६७ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब २० करोड ३० लाख रुपैयाँ कायम भएको छ ।
यता बैंकको खराब कर्जा १.२२ प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा झरेको छ । यही कारण बैंकको इम्पेयरमेन्ट चार्ज पनि २०.२४ प्रतिशतले घटेर ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँबाट ४ अर्ब ७८ करोड ८३ लाख रुपैयाँमा झरेको छ । यही कारण पनि गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको नाफा बढेको हो ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ छ भने बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा छ ।
नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको इपिएस ३ रुपैयाँ ०२ पैसाले बढेर १३ रुपैयाँ ३२ पैसाबाट १६ रुपैयाँ ३४ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा छ । कुल चुक्ता पूँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ कायम रहेको बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्