Skip to content
LAXMI SUNRISE BANK

एकैदिन ४ हजार ८ सय रुपैयाँले बढ्यो सुन, तोलाकै तीन लाख नाघ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार ८ सय रुपैयाँले बढेर तीन लाख एक हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला ४६४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५८ हजार ६ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९८३ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK