Skip to content
LAXMI SUNRISE BANK

हेटौँडा कपडा उद्योगपछि विराटनगर जुट मिल सञ्चालन गर्दै सरकार, अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन

अर्थ सरोकार

काठमाडौँ । सरकारले विराटनगर जुट मिल सञ्चालनको तयारी गरेको । हेटौँडा कपडा उद्योगपछि सरकारले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी गरेको हो ।

विराटनगर जुट मिल सञ्चालन प्रयोजनार्थ सरकारले आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । सोमबार बसेको सचिवस्तरीय बैठकले सो कार्यदल गठन गरेको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सचिवको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलले जुट मिलका भौतिक संरचना, मेसिन तथा उपकरणको अवस्था, सम्पत्ति र दायित्वको अवस्था तथा मिलको समग्र अवस्थाबारे अध्ययन गर्नेछ । 

अध्ययन पश्चात जुट मिलको पुनः सञ्चालनका लागि सम्भावित विकल्प र आवश्यक रणनीतिहरुको प्रतिवेदन कार्यदलले एक महिनाभित्र पेश गर्नुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK