काठमाडौँ । सरकारले तीन महिनामा एक खर्ब ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (तीन महिना) मा सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
हाल ऋणको ब्याजदर कम भएकोले चालु आर्थिक वर्षका लागि उठाइने ऋणको अधिकांश हिस्सा चालु आर्थिक वर्षको पहिलो त्रैमासमै लिन लागिएको बताइएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ । पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ ऋण उठाउँदैछ ।
त्यस्तै, दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब, विकास ऋणपत्रमार्फत ८० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड ऋण उठाउनेछ ।
तेस्रो त्रैमासमा ट्रेजरी बिलमार्फत ३० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ उठाइनेछ भने चालु आर्थिक वर्षको चौथो त्रैमासमा ट्रेजरी बिलमार्फत ५४ अर्ब र विकास ऋणपत्रमार्फत ४० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र रोजगार बचतपत्रमार्फत ५० करोड रुपैयाँ ऋण उठाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्