काठमाडौँ । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०४१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको प्रोभिजन घटेका कारण नाफा ह्वात्तै बढेको हो । बैंकको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको प्रोभिजन ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँबाट घटेर २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।
१ अर्ब प्रोभिजन घटेपछि नाफा बढेको हिमालयन बैंकको भित्री स्थिति भने कमजोर देखिएको छ । जसको ज्वलन्त उदाहरण बैंकको ब्याज आम्दानीमा आएको गिरावट हो । बैंकको खुद ब्याज आम्दानी १५.७३ घटेर १० अर्ब ४५ करोड ५६ लाख २६ हजार रुपैयाँबाट ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँमा झरेको छ । यस अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब ६ करोड २१ लाख रुपैयाँ रहेको छ भने कुल सञ्चालन आम्दानी ११ अर्ब १६ करोड १ लाख रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ६२ करोड छ ।
अर्कोतर्फ समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ६ रुपैयाँ ५६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात २९.६७ गुणा छ ।
कुल चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्