Skip to content
LAXMI SUNRISE BANK

रसुवा बाढी पीडितका लागि हिमालयन लाइफका कर्मचारीको ८ लाखको सहयोग

अर्थ सरोकार

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।

विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्याइनेछ ।

बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको अवस्थामा उनीहरूलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफका कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हुन् । विपद्को समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन् ।
कर्मचारीहरूबाट संकलित राहत सामग्रीमा खाद्यान्न तथा आवश्यक लत्ताकपडा समावेश गरिएको छ । नेपाली सेनामार्फत प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याइने भएकाले वास्तविक रूपमा प्रभावित परिवारसम्म सहयोग पुग्ने विश्वास गरिएको छ ।

हिमालयन लाइफका कर्मचारीहरूले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आवश्यक सहयोग र सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहकार्यको भावनासहित गरिएको यस सहयोगले बाढी तथा पहिरोबाट प्रभावित रसुवाका परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK