Skip to content
LAXMI SUNRISE BANK

होस्टेल सञ्चालनमा कडाइः विद्यार्थीसँग नराम्रो व्यवहार गरे कारवाही हुने, कोठाभित्र पर्याप्त घाम र हावा छिर्नुपर्ने !

अर्थ सरोकार

काठमाडौँ । जथाभावी मापदण्डविपरीत होस्टेल खुल्न थालेपछी काठमाडौँमा होस्टेल सञ्चालनमा कडाइ गरिएको छ । एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले होस्टेल सञ्चालनमा कडाइ गरेको हो ।

सोही सूचनामार्फत प्रशासन कार्यालयले होस्टेलहरुलाई तोकिएका मापदण्ड पूरा गर्न १ महिनाको अल्टिमेटम दिएको छ । 

प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार अबदेखि होस्टेल सञ्चालकले होस्टेलमा बस्ने विद्यार्थीहरुलाई नराम्रो व्यवहार गर्न नपाउने भएका छन् । होस्टेलमा बस्ने विद्यार्थीलाई होस्टेल सञ्चालकले नराम्रो व्यवहार गरे कारवाही गरिने भएको छ । 

अर्कोतर्फ होस्टेलमा चुरोट, रक्सी वा कुनै प्रकारको लागुपदार्थको बिक्री वा प्रयोग गरेको पाइए पनि कारवाही गरिने भएको छ ।

त्यस्तै, होस्टेलका कोठामा पर्याप्त हावा र घाम छिर्ने व्यवस्था मिलाउनुपर्नेछ भने पिउने पानी र इन्टरनेटको पनि अनिवार्य व्यवस्था हुनुपर्नेछ । साथै होस्टेलमा व्यवस्थित पुस्तकालय वा अध्ययन कक्षको पनि व्यवस्था मिलाउनुपर्नेछ । यस्ता छन् होस्टेल सञ्चालनका अन्य मापदण्डहरुः

Hostel
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK