काठमाडौँ । आईसिएफसी फाइनान्सको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २०.६७ प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले कुल २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी बढेर ६४ करोड ५४ लाख पुगेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज २ करोड ३२ लाख रुपैयाँ छ भने सञ्चालन नाफा ३७ करोड ५१ लाख रुपैयाँमा सिमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा १४ करोड १७ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ९८ पैसा छ । कम्पनीको इपिएस पनि ५ रुपैयाँ ८२ पैसाले घटेर २२ रुपैयाँ ३३ पैसामा झरेको छ ।
कुल चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको निक्षेप १९ अर्ब ९९ करोड रुपैयाँबाट बढेर २२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको कर्जा प्रवाह १८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्