Skip to content
LAXMI SUNRISE BANK

कम्पनीकै लापरवाहीले उडान ढिला वा रद्द भए एयरलाइन्स कम्पनीले यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने !

अर्थ सरोकार

काठमाडौँ । कम्पनीको लापरवाहीका कारण हवाई उडान ढिला वा रद्द भए एयरलाइन्स कम्पनीले यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव गरेको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी ऐन, २०८३’ सो व्यवस्था उल्लेख गरिएको हो । 

मन्त्रालयले सो प्रस्तावित ऐन संघीय संसदमा दर्ता गराइसकेको छ । 

उक्त प्रस्तावित ऐनमा सरकारले कम्पनीको लापरवाहीका कारण उडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने र सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ । 

कारणबस् उडान ढिलो हुने वा स्थगित हुने अवस्था आए कम्पनीले कम्तीमा ३ घण्टा अगाडि यात्रुलाई सोको जानकारी गराउनुपर्नेछ । 

त्यस्तै, उक्त प्रस्तावित ऐनमा उडान ढिलाई र रद्द मात्र होइन दुर्घटना, सामान हराउने वा क्षति हुने लगायतका अवस्थामा समेत एयरलाइन्स कम्पनीलाई आर्थिक क्षतिपूर्ति तिराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK