काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै ‘आईएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ । श्रावण १५ गते शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभिकर्ताहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कम्पनीले अभिकर्ताको क्षमता अभिवृद्धि, व्यवसायिक दक्षता विकास तथा उत्साहवर्द्धनका लागि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापन तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तव्यका क्रममा कम्पनीको प्रगतिमा अभिकर्ताको मेहनत र प्रविधिको प्रभावकारी प्रयोग मुख्य आधार रहेको उल्लेख गर्दै आगामी दिनमा अझ उन्नत प्रविधिमार्फत अभिकर्तालाई सहयोग गरिने बताए ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको भन्दै प्रविधिमैत्री सेवा विस्तारमा आईएमई लाइफले निरन्तर फड्को मारिरहेको बताए ।
यस्तै, सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले बिक्रीकर्ताभन्दा बीमा परामर्शदाताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै कम्पनीले उनीहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि थप तालिम र सहजीकरणलाई निरन्तरता दिने बताए ।
प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको उल्लेखनीय व्यवसायिक सफलतामा अभिकर्ताहरूको मुख्य भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल सेवालाई अझ प्रभावकारी बनाउँदै नयाँ योजनामार्फत व्यवसाय विस्तार गरिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, सर्वाधिक बीमालेख जारी गर्ने लगायत विभिन्न विधाका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ। विजेताहरूलाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, सञ्चालक समितिका अध्यक्ष डा। रामहरि अर्याल तथा कम्पनीका निर्देशकहरू विनोद केसी, उषा ढकाल, सुनील कुमार पोखरेल र सन्दीप अग्रवाल लगायतले अवार्ड वितरण गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्