काठमाडौँ । पुराना चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा ५ वर्षकै हदम्याम कायम हुने भएको छ । सर्वोच्च अदालतले सार्वजनिक गरेको चेक बाउन्स मुद्दाको हदम्याद सम्बन्धी दायर रिटमाथि भएको फैसलाको पूर्णपाठमा सो व्याख्या गरिएको हो ।
फैसलाको पूर्णपाठमा गरिएको व्याख्या अनुसार २०८३ असार १० गते भन्दा अघि बाउन्स भएका चेकका हकमा पाँच वर्षको हदम्याद लागू हुनेछ ।
यसो त ‘विनिमय अधिकारपत्र ऐन, २०३४’ मा चेक बाउन्स भएको मितिले ५ वर्षभित्र मुद्दा दायर गर्न सकिने व्यवस्था थियो । तर, सरकारले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२’ मार्फत चेक बाउन्सलाई विनिमय अधिकारपत्र ऐनबाट हटाएर बैंकिङ कसुर तथा सजाय ऐनमा समेटेको थियो ।
संशोधन ऐनमा भने चेक बाउन्स सम्बन्धी कसुरमा एक वर्षको हदम्याद तोकिएको छ । अर्थात, चेक बाउन्स भएको एक वर्षभित्र मुद्दा दायर गर्न सकिन्छ ।
उक्त व्यवस्थाले एक वर्ष नाघेका तर ५ वर्ष पूरा नभएका चेक बाउन्सका घटनाका पीडित न्यायिक उपचारबाट वञ्चित हुनसक्ने दाबीसहित सर्वोच्चमा रिट दायर गरिएको थियो । सोही रिटमाथी सुनुवाइ गर्दै सर्वोच्चले पुराना चेक बाउन्स सम्बन्धी मुद्दामा ५ वर्षकै हदम्याद कायम हुने व्याख्या गरेको छ । यस्तो छ फैसलाको पूर्णपाठः
Faisala
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्