काठमाडौँ । सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७ सय ७५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४ सय ९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो ।
जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८ सय ९० को तुलनामा ६१.०९ प्रतिशत बढी हो । सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २ सय १५ जना पर्यटक आएका थिए ।
यसरी चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्थाभन्दा ८.६५ प्रतिशत माथि पुगेको छ । त्यसैगरी तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट जुलाईमा ७ हजार ७ सय ५४ जना पर्यटक आएका छन् । यस्तै, बंगलादेशबाट ४ हजार १ सय ७९, बेलायतबाट ३ हजार ७ सय ७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी छ । जुलाईमा सार्क मुलुकबाट २९ हजार ७ सय ५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, यो संख्या अघिल्लो वर्षको ३३ हजार ७ सय ८७ को तुलनामा ११.९३ प्रतिशत कम छ । भुटानबाट आउने पर्यटकको संख्या ९ सय ९१ जना रहेको छ । पाकिस्तानबाट आउने पर्यटक ३.९४ प्रतिशतले बढेर ४ सय ७५ पुगेका छन् । श्रीलंकाबाट ५ सय ८१ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको ५ सय ९८, माल्दिभ्सबाट ३९, २.८४ प्रतिशत कम हो ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४ सय २४ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको २४.२८ प्रतिशत हो । अघिल्लो वर्षको जुलाईमा १३ हजार ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस आधारमा हेर्दा अन्य एसियाली बजारमा ३३.०५ प्रतिशत वृद्धि भएको छ । यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३ सय ९४, मलेसियाबाट १ हजार ३ सय ८०, जापानबाट १ हजार १ सय ११, भियतनामबाट ५ सय ७४, सिंगापुर र म्यानमारबाट समान ४ सय ३७ तथा थाइल्यान्डबाट ४ सय २८ जना पर्यटक आएका छन् ।
युरोपबाट जुलाईमा ९ हजार २ सय ७९ जना पर्यटक नेपाल आएका छन् । कुल आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत रहेको छ । युरोपमा बेलायतबाट ३ हजार ७ सय ७३, जर्मनीबाट ७ सय २३, स्पेनबाट ६८१, फ्रान्सबाट ६ सय ४४, नेदरल्यान्ड्सबाट ५ सय १४, पोर्चुगलबाट ४ सय ८९ र रूसबाट ४ सय ६७ जना पर्यटक आएका छन् ।
अमेरिकी मुलुकबाट ८ हजार ८ सय २४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । ओसियानियाबाट २ हजार ६ सय ०७ जना पर्यटक आएका छन् । मध्यपूर्वबाट जुलाईमा ७ सय ३६ जना पर्यटक आएका छन् । अफ्रिकी मुलुकबाट भने जुलाईमा ३ सय २४ जना पर्यटक नेपाल आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्