Skip to content
LAXMI SUNRISE BANK

 सिंहदरबारभित्रै खुल्यो सुपथ मूल्य पसल, उद्योगमन्त्रीले गरिन् उद्‌घाटन (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौं । सिंहदरबार परिसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष संचालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार उक्त बिक्री कक्षको उद्धघाटन गरेकी हुन् ।
कर्मचारी लगायत सिंहदरबारमा आउनेहरुका लागि सहज र सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको मन्त्री यादवले बताएकी थिइन् । बिक्री कक्षबाट उपभोक्ताले कम्पनीले बिक्री गर्दै आएका विभिन्न खाद्यवस्तु खरिद गर्न सक्नेछन् ।
सिंहदरबार परिसरमा स्थापना गरिएको बिक्री कक्षले सरकारी कर्मचारी तथा सिंहदरबार क्षेत्रमा आउने सर्वसाधारणलाई समेत सहज रूपमा खाद्य सामग्री खरिद गर्ने सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK