Skip to content
LAXMI SUNRISE BANK

ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह

अर्थ सरोकार

काठमाडौँ । खाना पकाउने ग्यासको कृतिम अभाव भए सम्पर्क गर्न उद्योग मन्त्रालयले आग्रह गरेको छ । हाल बजारमा ग्यासको अभावको व्यापक गुनासो आएपछि मन्त्रालयले ग्यास नपाए सम्पर्क गर्न आग्रह गरेको हो । 

बजारमा ग्यास आपूर्ति र वितरण नियमित भइरहेको निगमले दाबी गरिरहँदा ग्यास अभाव भएपछि मन्त्रालयले ग्यासको कृतिम अभाव र कालोबजारीबारे जानकारी दिन आग्रह गरेको छ । 

ग्यास पाउन कठिनाइ भए ९८५१११६७७३ मा सम्पर्क गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ । ग्यास प्राप्त गर्न कठिनाइ भए, कृतिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी समस्या सो नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

सर्वसाधारणबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर समस्या समाधानका लागि तत्काल पहल गरिने मन्त्रीको सचिवालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK