Skip to content
LAXMI SUNRISE BANK

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा ४ अर्ब ९३ करोड बढी राजस्व संकलन

अर्थ सरोकार

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व संकलन गरेको छ । उक्त कार्यालयको ६ अर्ब ६ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१.३१ प्रतिशत राजस्व संकलन भएको हो ।

कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क रु ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।

यसैगरी, भाडा आयकर पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर रु नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा रु दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रदपरको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK