Skip to content
LAXMI SUNRISE BANK

नक्कली शरणार्थी प्रकरणः परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

अर्थ सरोकार

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । भट्टराई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

उनलाई तिब्बती शरणार्थीका नाममा गैरकानूनी रुपमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । 

सीआईबी स्रोतका अनुसार भट्टराईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको दियो । मुद्दा दायर हुँदा उनी उपस्थिति नभएपछि अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । 

सोही पक्राउ पुर्जीका आधारमा भट्टराईलाई पक्राउ गरिएको सीआईबी स्रोतले पुष्टि गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK