Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँका होटल-रेष्टुरेन्टलाई चुरोट खाने ठाउँ व्यवस्थित बनाउन निर्देशन

अर्थ सरोकार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टमा धूम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र सञ्चालित होटेल तथा रेष्टुरेन्टहरूलाई धूम्रपान सम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

प्रशासनले सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन तथा धुम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुने र त्यसको धुवाँ अन्य व्यक्तिमा नपुग्ने गरी व्यवस्थापन गर्न सबै होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई निर्देशन दिएको हो ।

कार्यालयले तोकिएका निकायसँग समन्वय गरी नियमित अनुगमन गरिने जनाएको छ । अनुगमनका क्रममा कानुन विपरीत धूम्रपानको व्यवस्था गरिएको वा ऐनको पालना नगरेको पाइएमा सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम अधिकतम कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK