काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतमा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका छन् । मंगलबार काठमाडौँमा बिजुलीमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गराउन सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
घिसिङले विद्युत् खपत बढाउनुपर्ने बेला सरकारले उल्टै विद्युतमाथि करको भार बढाएको भन्दै आपत्ति जनाएका छन् ।
‘देशमै विद्युत् खपत बढाउनुपर्छ । ग्यास रिप्लेस गर्नुपर्यो । पेट्रोल, डिजेल रिप्लेस गर्नुपर्यो ।’, उनले भने, ‘विद्युत् खेर जानुभन्दा त्यसको खपत बढाउनुपर्छ भन्ने कुरामा हामी सबै एकमत छौँ ।’
घिसिङले विद्युत् खपत बढाउनुपर्ने अवस्थामा विद्युत्मै कर लगाउने, विद्युतीय सवारी महँगो बनाउने र चार्जिङ स्टेसनमा भ्याट लगाउने नीति लिइएको भन्दै सरकारको आलोचना गरे । ‘विद्युतमा ट्याक्स लगाउने, विद्युतीय गाडीहरूलाई महँगो बनाउने, चार्जिङ स्टेसनमा भ्याट लगाउने कार्यले विद्युत् खपतलाई निरुत्साहित गर्छ । यो गर्नु हुँदैन ।’, उनले भने ।
त्यस्तै, उनले विद्युतमा लगाइएको भ्याटको असर उद्योगको उत्पादन लागत हुँदै आम उपभोक्तासम्म पुग्ने बताएका छन् । विद्युत् महँगिँदा चामल, डन्डी, सिमेन्ट, तेललगायतका वस्तुको मूल्य बढ्ने कुलमानको भनाई छ । घिसिङले सरकारको नीतिले विद्युतीय चुलो र विद्युतीय सवारीको प्रयोग बढाउने उद्देश्यविपरीत काम गरेको आरोप लगाएका छन् । ‘विद्युतमा महँगो बनाउने, भ्याट लगाउने अनि विद्युतीय चुलो कसरी प्रवद्र्धन हुन्छ ? विद्युतीय गाडी प्रवर्द्धन गर्न त भन्सारमा सहुलियत दिनुपर्छ, चार्जिङ स्टेसनमा सहुलियत दिनुपर्छ ।’, उनले भने, ‘उल्टै सबैमा भ्याट लगाएर कसरी विद्युत्को खपत बढ्छ ?’
अर्कोतर्फ विद्युतको सट्टा ग्यास तथा पेट्रोलियम पदार्थको प्रयोग बढ्दा देशबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने कुलमानको भनाई छ । उनले सरकारले सर्वसाधारणमाथि कर थपेर सीमित राजस्व उठाउनुभन्दा पेट्रोलियम पदार्थको आयात घटाउने नीति लिनुपर्नेमा जोड दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्