Skip to content
LAXMI SUNRISE BANK

मिटरब्याज पीडितका माग तत्काल सम्बोधन गर्न सांसद भाटको माग

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले मिटरब्याज तथा लघुवित्त पीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय नजिक ४ सय ५० जना मिटरब्याज तथा लघुवित्त पीडित लामो समयदेखि धर्नामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले पीडितहरु मिटरब्याज तिर्दातिर्दै हैरान भइसकेको उल्लेख गर्दै सरकारले तत्काल तिर्नुपर्ने ब्याजको सीमा तोकिदिनुपर्ने माग समेत गरेका थिए ।

सरकारले लघुवित्त पीडितका दुई समूहसँग छुट्टाछुट्टै सम्झौता गरेपनि केही पीडितहरुले आन्दोलन जारी राखेका छन् ।

सांसद भाटले मिटरब्याज पीडितका माग सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK