काठमाडौँ । दाल, चामल र गेडागुडीजस्ता खाद्यान्न खुला बेच्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को नयाँ मस्यौदामा उक्त व्यवस्था प्रस्ताव गरिएको हो ।
नागरिकको स्वास्थ्य र खाद्यान्नको गुणस्तरलाई ध्यान दिँदै यस्ता व्यवस्था गर्न लागिएको हो ।
उक्त मस्यौदामा खाद्यान्न खुला बिक्री गर्न नपाइने र यस्ता खाद्यान्न अनिवार्य प्याकेजिङ गरिएको, गुणस्तर परीक्षण भएको र लेबलिङ लगाइएको हुनुपर्ने पनि व्यवस्था गरिएको छ ।
यो व्यवस्था कार्यान्वयनमा आएसँगै जथाभावी मूल्यवृद्धि र मिसावट तथा अखाद्य वस्तु बिक्री वितरण रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अर्कोतर्फ सरकारले आपूर्ति प्रणालीलाई सुरक्षित बनाउने समेत सीमा नाकादेखि उत्पादन स्थलसम्मै कडा निगरानी गर्ने योजना पनि अघि सारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्