काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुका लागि लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसिआईएफ)ले २ लाख अमेरिकी डलर (करिब ३ करोड ८ लाख रुपैयाँ) बराबरको सहयोग गरेको छ । एलसिआईएफले सो मूल्य बराबरको ‘मेजर क्याटास्ट्रोफी ग्रान्ट’ बाढी प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि भन्दै गरेको हो ।
उक्त सहयोगमा बाढी प्रभावितहरुको लागि खाद्यान्न, सुरक्षित आवासका सामान, स्वास्थ्य सेवा र अत्यावश्यक सामाग्रीहरु छन् ।
उक्त सहयोग स्थानीय लायन्स क्लबहरुमार्फत प्रभावित परिवारसम्म पुर्याइने ‘लायन्स क्लब अफ ड्रिम्स’का चार्टर्ड प्रेसिडेन्ट भुवन भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार विपद्पछि प्रभावित समुदायलाई पुनःस्थापित गर्दै दीर्घकालीन पुनर्निर्माण र पुनःउत्थानका कार्यक्रम समेत अघि बढाइनेछ ।
यता लायन्स इन्टरनेशनलका डाइरेक्टर राजन लम्सालले विपद्को समयमा राहतको गति नै सबैभन्दा महत्वपूर्ण हुने भन्दै प्रभावित समुदायलाई जतिसक्दो छिटो सहयोग पुर्याउन लायन्स क्लब प्रतिबद्ध रहेको बताएका छन् ।
त्यस्तै, लायन्स क्लब इन्टरनेशनलले प्राकृति विपत्तीबाट प्रभावित समुदायलाई आपतकालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्म निरन्तर साथ दिने प्रतिबद्धता समेत जनाएको छ ।

२ सय बढी परिवारलाई राहत वितरण
त्यस्तै, ‘लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल’ र लायन्स क्लब अफ काठमाडौँ, सामाखुसीको सहकार्यमा करिब २ सय बढी परिवारलाई राहत सामाग्री समेत वितरण गरिएको छ ।
राहत वितरण तथा सहयोग संकलन कार्यको नेतृत्व गरिरहेका ‘मल्टिपल काउन्सिल चेयरपर्सन’ केशर बहादुर भण्डारीले लायन्स इन्टरनेशनलको भावना नै मानवीय सेवा भएकोले विपद्मा राहत सामाग्री पुर्याउनु मात्र नभएर पीडितको दुःखमा साथ दिनु र पुनः उठ्न सहयोग गर्नु सेवाको महत्वपूर्ण पक्ष भएको बताएका छन् ।
त्यस्तै, बाढी प्रभावित परिवारलाई खाद्यान्न, कपडा र घरायसी अत्यावश्यक सामाग्री उपलब्ध गराएको बताउँदै उनले भौगोलिक कठिनाइ र विपद्को जोखिमका बावजुत पनि प्रभावित नागरिकसम्म राहत पुर्याउन लायन्स स्वयम्सेवकहरु परिचालन गरिएको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्