Skip to content
LAXMI SUNRISE BANK

ट्राफिक प्रहरीलाई पुँजी बजार र डिजिटल बैंकिङ सुरक्षाबारे साक्षरता कार्यक्रम

अर्थ सरोकार

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अहोरात्र खटिने ट्राफिक प्रहरीको दीर्घकालिन आर्थिक सुरक्षाका लागि धितोपत्र बजारका सम्यन्त्रहरु, लगानी गर्ने तरीका, फाइदाहरु, चुनौतीहरु लगायत सुरक्षित डिजिटल वित्तिय कारोबारका बारेमा समेत विस्तृत रुपमा जानकारी गराइएको थियो । बक्ताहरुले सडक अनुशासन जस्तै वित्तीय अनुशासन पनि अपरिहार्य हुने उल्लेख गर्दै महिनाको सानो वचतबाट नै सुरक्षित लगानी शुरु गर्न सकिने बताएका थिए ।

बचतका साथै लगानी गर्ने बानी बसालौं र समृद्ध भविष्य निर्माण गरौं भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको यस कार्यक्रमले हरेक सहभागिहरुमा लगानी गर्ने बानी प्रति सकारात्मक सोचको विकास गर्न प्रेरित गरिएको थियो ।

समारोहमा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरु, आयोजक संस्थाका पदाधिकारी तथा उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको सहभागिता रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK