काठमाडौँ । कुवेत पठाउने भन्दै ६ लाख बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा घर भई हाल काठमाडौँ सिनामंगल बस्ने ४१ वर्षीय राज कुमार महरालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने भन्दै एक जनाबाट ६ लाख १४ हजार २ सय ५० रुपैयाँ ठगी गरेका थिए ।
विदेश पठाउने भन्दै पैसा लिएर लामो समयसम्म विदेश नपठाई झुक्यानमा राखेर सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्