काठमाडौँ । कुरा बिक्रम सम्वत् २०५६ सालको हो । जग्गननाथ अधिकारीले एक ठाउँको जग्गा बेचेर ७० हजार रुपैयाँ बैंकमा राखे । र बैंकमा रकम जम्मा भएको निस्सा लिएर बर्दियामा जग्गा किन्न भनी गए । माओवादी शसस्त्र युद्ध चलिरहेका कारण पैसा बोकेर हिड्ने समय थिएन । त्यसैले पनि बैंकले दिएको डिपोजिट ड्राफ्ट लिएर उनी बर्दिया गए, र त्यहाँ जग्गा बिना गरे । केही दिनपछि उनी सो जग्गा पास गर्नका लागि पैसा लिन भन्दै बैंक गए । तर बैंकले भन्यो- ‘केहि दिनअघि मात्र माओवादीहरु आए, बैंकमा आक्रमण गरे, पैसा लुटिएको छ । तपाईंसँग डिपोजिट निस्सा छँदैछ, केही समय दिनुहोला, अनि पैसा फिर्ता हुन्छ ।’
आफूसँग डिपोजिटको निस्सा सुरक्षित भएकाले अधिकारी पनि ढुक्क थिए । तर, जग्गा पास गर्ने दिन आउन थालेपछि उनले बैंकमा फलोअप गरे । तर, बैंकले कानुनी प्रक्रिया चलिरहेको छ, माओवादीले पैसा लुटेर लगेका छन्, पैसा काठमाडौँबाट आएकै छैन जस्ता बहाना बनाउन थाले । सुरुका केही दिन फकाए, सम्झाए, पछि केही दिनपछि त यो केसमा मुद्दा परेको छ, रकम दिन मिल्दैन भनियो । यता समयमा जग्गा पास नभएपछि बैना रकम पनि पच भयो ।
भनिदिने कोही थिएन, गरिदिने कोही थिएन । श्रीमती पढेलेखेकी थिइनन् । माओवादीले आक्रमण गरेको विषय भएकोले कसैले बोलिहाल्ने रिस्क पनि लिएन । यस विषयमा कुरा उठाइए पैसा आउँदै आउँदैन, बरु कुर्न सके केही समयभित्र आउँछ भन्दै अर्कोतिर बाट बैंकले फकाउन पनि थाल्यो । त्यसपछि माओवादी द्वन्द सकियो, देशमा गणतन्त्र आयो, तर २०५६ सालमा राखेको त्यतिबेलाको ७० हजार रकम अहिलेसम्म फिर्ता आएन । वर्षौं पछि बैंकले बोलाएर एक दिन त्यही ७० हजार रुपैयाँ लिन भन्यो । तर कहाँ ५६ सालको ७० हजार कहाँ अहिलेको ७० हजार उनी मानेनन् । पछि ३ लाख सम्म लैजानुस भनियो । त्यो पनि मान्ने कुरै थिएन । त्यसपछि त बैंकले पैसा नै नदिने जस्तो कुरा गर्यो ।
त्यसपछि जगन्नाथ अधिकारीले बैंकमा निवेदन दिए, राष्ट्र बैंकमा निवेदन दिए, सीडीओे कार्यालयमा निवेदन दिए, कतैकतै बाट पनि उनले न्याय पाएनन् । कतैबाट न्याय नपाएपछि उनी अदालतको ढोका ढकढकाउनका लागि अधिवक्ता स्वागत नेपालकहाँ पुगेका छन् । यतिबेला सम्म बैंकले पैसा नदिएको पीडाका कारण उनले आफ्नी पत्नी गुमाइसकेका छन् । भएको त्यही पैसा थियो, त्यही रकम नपाएपछि अहिले जगन्नाथ अधिकारी भनिरहेका छन, ‘कि मलाई मेरो पैसा अहिले कति हुन्छ, सबै देउ, होइन भने मेरो गाँस, बास कपासको व्यवस्था गरिदेउ ।’

अधिवक्ता स्वागत नेपालका अनुसार यो सिधासिधा ठगी हो । नेपाल बैंकले जगन्नाथ अधिकारीलाई ब्याजसहित रकम मात्र होइन करोडौं क्षतिपूर्ति पनि दिनुपर्छ र विदेशमा यस्तो क्षतिपूर्तिको व्यवस्था छ । उनी भनिरहेका छन- ‘यो अदालत जानुपर्ने विषय होइन । बैंकले दिनुपर्ने पैसा दिनुपर्छ ।’ अदालत गएको खण्डमा बैंकले करोडौं क्षतिपूर्ति दिनुपर्ने हुनसक्छ ।’
माओवादी द्वन्दका नाममा स्वार्थीहरुले अनेक खेल खेले । माओवादी बनेर कतिले आफ्नो दुश्मनी साँधे । जनताका लागि बन्दुक उठाएकाहरुको अहिलेसम्म बिजोग छ, तर माओवादीका नाममा खाओवादीहरुले कति लुटे, कति ठगे ठगे । यदि यो विषय माओवादीले आक्रमण गरेकै कारण रकम नभएको मात्र हुन्थ्यो भने रकम फिर्ता गर्न ठुलो कुरै केही थिएन । तर यसमा माओवादी नामका खाओवादी बैंकरहरुले यति सम्म खेले कि जग्गनाथ अधिकारी अहिले पनि बैंक डिपोजिट निस्सा बोकेर ठाउँ ठाउँ बुढो शरीर लिएर हिडिरहेका छन् ।

जग्गन्नाथ बुवाको केस बाहिर ल्याईदिएकोमा अधिवक्ता स्वागत नेपाललाई विशेष धन्यवाद छ । र हाम्रो पनि आग्रह छ बैंकलाई जगन्नाथ अधिकारी बुबासंग बैंकमा रकम राखेको निस्सा छ । कि त्यसलाई गलत भन्नुपर्यो कि ब्याजसहित पैसा फिर्ता दिनुपर्यो । बैंकले त्यो माथि सरकारी बैंकले ग्राहक रुवाएको सुहाउन्न । हुन त घोटाला, ठगी, बदमासीका लागि नेपाल बैंक कहलिएको बैंक हो, तर पनि सबै कुराको हद हुन्छ, यस्तो हदभन्दा माथिको बदमासी बैंकबाट हुनु हुँदैन । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्