Skip to content
LAXMI SUNRISE BANK

अस्ट्रेलियामा कमाई गरेको आधा भन्दा धेरै रकम घरभाडामै खर्च !

अर्थ सरोकार

काठमाडौँ । अस्ट्रेलियामा कमाई गरेको आधा भन्दा धेरै रकम घरभाडामै खर्च हुने गरेको पाइएको छ । एभ्रिबडिज होम नामक आवास वकालत समूहको प्रतिवेदनले अस्ट्रेलियाका सबै सहरमा आम्दानीको ५० प्रतिशत भन्दा धेरै रकम घरभाडामा खर्च गर्नुपर्ने अवस्था रहेको खुलासा गरेको हो ।

प्रतिवेदनका अनुसार वार्षिक ७० हजार अस्ट्रेलियाली डलर कमाउने व्यक्तिले कमाईको ५६ प्रतिशत रकम घरभाडामा खर्च गर्ने गरेको पाइएको छ । 

विशेष गरी अस्ट्रेलियाका ८ वटा मुख्य शहरहरुमा बस्ने र काम गर्ने कर्मचारीले आफ्नो कमाईको ५१ प्रतिशत रकम घरभाडामा खर्च गर्ने गरेका छन् ।  

अस्ट्रेलियाली सरकारले सार्वजनिक र सामुदायिक आवास निर्माणबाट हात झिकेका कारण अस्ट्रेलियामा आवास संकट देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार अस्ट्रेलियालाई आगामी १५ वर्षभित्र करिब १० लाख सार्वजनिक र सामुदायिक आवासको आवश्यकता पर्ने देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK