काठमाडौँ । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशत धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ ।
बैंकको खुद ब्याज अम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब नाघेको छ भने सञ्चालन नाफा पनि ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँबाट २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
खराब कर्जा घटेर इम्पेयरमेन्ट चार्जमा कमी आएसँगै र बैंकको ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै बैंकको नाफामा सुधार देखिएको हो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड ९१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ ।
समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको इपिएस ६ रुपैयाँ ४७ पैसाले बढेर २८ रुपैयाँ ३६ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा कायम भएको छ ।
कुल चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने बैंकले कुल ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्