काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गरेको छ । ग्राहकहरूको डिजिटल अनुभूतिलाई अझ गहिरो बनाउने उद्देश्यले सार्वजनिक गरिएको यो अफर अन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन् । यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ । एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड पुष्टि गर्ने एसएमएस सूचना प्राप्त गर्नेछन् । त्यसपछि उनीहरूको एनसेल एपमा रहेको खातामा क्यासब्याक रिवार्ड जम्मा हुन्छ । ग्राहकहरूले उक्त रिवार्ड २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ ।
त्यसपछि ग्राहकहरूले प्राप्त गरेको लाभ अनुसारको रिवार्ड क्यासब्याक जारी भएको एक साता भित्र प्रयोग गरिसक्नुपर्छ। प्रत्येक प्याक खरिद गर्दा क्यासब्याक रिवार्ड प्राप्त गर्न सकिन्छ। यो अफर ट्रान्सफर गर्न सकिनेछैन र यसलाई नगदमा रूपान्तरण पनि गर्न सकिँदैन। तर प्रत्येक पटक योग्य प्याक वा सिम खरिद गर्दा प्राप्त भएको रिवार्ड ग्राहकहरूले जमा गरेर राख्न र उपभोग गर्न भने सक्नेछन् ।
मनसुन अफर अन्तर्गत रु। ५० देखि रु। ९९ सम्मको प्याक खरिद गर्ने ग्राहकले ५ ५ क्यासब्याक पाउनेछन्, रु। १०० देखि रु. २०० सम्मको प्याकमा १० %, रु. २०१ देखि रु. ४९९ सम्मको प्याकमा १५ % र रु. ५०० तथा माथिको प्याक याक्टिभेट गर्नेले खरिद मूल्यमा २० % सम्मको क्यासब्याक रिवार्ड पाउनेछन् ।
‘ग्राहकहरूलाई सधैँ हृदयमा राख्ने कोर भ्यालु अनुरूप यस क्याम्पेन मार्फत हामीले ग्राहकहरूलाई थप मूल्य उपलब्ध गराएका छौँ । यो क्याम्पेनले तपाईँको ब्यालेन्स र अनुभव दुवैलाई थप रोमाञ्चक बनाउने छ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने ।
‘प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाएर हामी हाम्रा ग्राहकहरूले एनसेल एपको असीमित सम्भावना अनुभव गरुन् भन्ने चाहन्छौँ । हिमालयन जाभाको पेय पदार्थ होस् वा ट्रिप टर्बोमार्फत अविस्मरणीय यात्रा योजना र अल्टिमाबाट प्रिमियम लाइफस्टाइल उत्पादनहरू खरिद, हाम्रो एप नै एनसेलले उपलब्ध गराउने वा गराइरहेको विशेष लाभ प्राप्तिको प्रवेशद्वार हो । हामी हाम्रा ग्राहकहरूले मनसुनको मजा वर्षामा मात्रै होइन, प्रत्येक रिचार्ज मा पाउने रिवार्डमार्फत पनि महसुस गरून् भन्ने चाहन्छौँ ।’
यो मनसुन अफर एनसेलको कल र डेटाभन्दा बाहिर जीवन्त डिजिटल इकोसिस्टम निर्माण गर्ने व्यापक प्रतिबद्धताको एक महत्त्वपूर्ण पाटो हो । एप प्रयोगलाई प्रोत्साहन गरेर एनसेलले ग्राहकहरूलाई सहज सेवा, रोमाञ्चक साझेदारी र दैनिक जीवनलाई समृद्ध बनाउने विभिन्न योजनाहरूसँग जोड्ने लक्ष्य राखेको छ । यो सीमित अवधिको अफर एनसेलका प्रिपेड ग्राहकहरूका लागि मात्र उपलब्ध छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्