काठमाडौँ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म १२ जनाको सकुशल उद्धार गरेको छ । सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको हो ।
नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।
उक्त क्षेत्रमा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकप्टर उद्धार कार्यमा खटिएका छन् । साथै सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्