काठमाडौँ । नेपाल सेरामिक्स लिमिटेडले बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि कम्पनीले ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
सहयोगबापतको उक्त रकम (११ लाख रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
एक्कासि आएको महाविपत्तीपछि देश नै संकटमा परेका बेला सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरिएको कम्पनीको भनाई छ । कम्पनीले आगामी दिनमा पनि आइपर्नसक्ने राष्ट्रिय संकटमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
बाराको जितपुर सिमरामा रहेको उक्त कम्पनीले फ्लोर टायल उत्पादन गर्दै आएको छ । नेपालको पहिलो टायल कम्पनीका रुपमा स्थापित उक्त कम्पनीले उत्पादन गरेका टायलहरु भारतसहित अन्य देशहरुमा पनि निर्यात हुँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्