Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २१.१५ अंकले घट्यो नेप्से परिसूचक, बजार २६६३.१८ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एभरेस्ट कलरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK