Skip to content
LAXMI SUNRISE BANK

सोमबार ४३.८९ अंकले घट्यो नेप्से परिसूचक, बजार २५१३.४२ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४७ कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ६४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको २६ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK