काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५७ कम्पनीको १ करोड ४४ हजार १६४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ९० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्