काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४७ कम्पनीको १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको २९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, १०. २५ % प्रभु बैंक डेबेञ्चर २०८६ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्