Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार ४.०५ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३४ कम्पनीको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३९ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK