Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १.०४ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४८ कम्पनीको १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ७८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा  सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK