काठमाडौँ । गत आर्थिक वर्ष २०८२/७३ को चौथो त्रैमासमा प्रभु बैंकले २४ करोड बढी घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २४ करोड १२ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो ।
समीक्षा अवधिमा बैंकले ९ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरे पनि खराब कर्जा ह्वात्तै बढेका कारण बैंकले घाटा व्यहोर्नुपरेको हो ।
राष्ट्र बैंकले साउन १५ गतेसम्म उठेको ब्याजलाई पनि असार मसान्तको आम्दानी देखाउन पाउने सुविधा दिँदापनि, हदैसम्म एभरग्रिनिङ गर्दा पनि, अरु बैंकबाट फरक प्रयोजनका लागि लिएको ऋणको रकमलाई कर्जा सक्रिय देखाउन ब्याज उठाए पनि, २५ प्रतिशत हाराहारीको एनपीएल अनेक गरेर म्यानेज गर्दा पनि प्रभु बैंकको एनपीएल १५.५५ प्रतिशत पुगेको छ ।
करिव ५० करोड घाटामा गएको बैंकको घाटा कम देखाउन हदैसम्म प्रयास गरेको बैंक अन्ततः २४ करोड मात्र घाटामा देखाउन सफल भएको छ ।
यता बैंकमा बिग्रिएको ऋणका फाइल पनि थुप्रै छन् । तर, बैंकभित्र बिग्रिएका ऋणहरु उठ्ने छनक समेत देखिएको छैन । स्वयम् बैंककै कर्मचारीले समेत बिग्रिएका ऋण उठ्ने सम्भावना साह्रै कम भएको बताएका छन् ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफासमेत ६ अर्ब ३१ करोड रुपैयाँ ऋणात्मक छ । गत आर्थिक वर्षको सोही अवधिमा ठूलो घाटा व्यहारेपछि बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेर १ रुपैयाँ २ पैसा ऋणात्मक भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्