काठमाडौँ । किताब जात्राको तयारी पूरा भएको छ । तेस्रोपटक बेलायतमा हुन लागेको किताब जात्राको तयारी पूरा भएको आयोजक किताब यात्रा फाउन्डेसनले जनाएको हो ।
अगस्ट २१ तारिख शुक्रबार नेपाली दूतावास लन्डनमा हुने कार्यक्रममा प्यानल बहस, रचना वाचन, अवार्ड वितरण तथा किताब प्रदर्शनी हुने जनाईएको छ ।
किताब यात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीका अनुसार यूकेको नेपाली साहित्य, संस्कृति, जीवनशैली तथा व्यावसायिक संसारलाई सम्बोधन गर्ने गरी झन्डै चार घण्टा लामो कार्यक्रमको तयारी गरिएको छ । ‘यूकेमा रहेका नेपाली लेखकहरू, संस्कृतिकर्मी तथा उद्यमीहरूलाई किताब जात्रामा सहभागी हुन आह्वान गर्दछौँ,’ अधिकारीले भने ।
यसैबीच, किताब जात्रा बेलायत संस्करणका आयोजक समिति सचिव तथा अर्थखबर डटकमका प्रधान सम्पादकसमेत समेत रहेका भुवन भण्डारीले यस वर्षको कार्यक्रम विगतका संस्करणभन्दा अझ भव्य र सभ्य ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले किताब यात्रासँगको सहकार्यमा यूके संस्करण हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको पनि जानकारी दिएका छन् ।

जात्रामा सहभागी हुन वरिष्ठ पत्रकार टीकाराम यात्री, लेखक रवीन्द्र समीरलगायत नेपालबाट यूके आइसकेका छन् । किताब जात्रा दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएका छ ।
वि.सं. २०७५ मा नेपालबाट सुरु भएको ‘किताब जात्रा’ भारत र अमेरिकामा समेत सफलतापूर्वक सम्पन्न भइसकेको छ। यूकेमा भने पहिलोपटक सन् २०२३ मा आयोजना गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्