Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकको खुद नाफा र इपिएस दुवै बढ्यो

अर्थ सरोकार

काठमाडौँ । प्राइम कमर्सियल बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८.४९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले बढेको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी १५.०५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ५.८२ प्रतिशतले बढेको छ । 

त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि समीक्षा अवधिमा २६.९४ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ७२ करोडबाट १ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ । 

बैंकको इम्पेयरमेन्ट घटेका कारण पनि बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको इपिएस ३ रुपैयाँ १३ पैसाले बढेर १९ रुपैयाँ ६३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ७५ रुपैयाँ ८० पैसा छ भने मूल्य आम्दानी अनुपात १२.२२ गुणा छ ।

कुल चुक्ता पूँजी २० अर्ब ९६ करोड ४७ लाख रुपैयाँ रहेको बैंकको निक्षेप ५.४६ प्रतिशत र कर्जा लगानी ८.२९ प्रतिशतले बढेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK