काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब बाढी प्रभावितका लागि सहयोग गर्ने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
भदौ १० गते (बुधबार) भोदेकोशीमा आएको बाढीबाट प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गर्न पनि निर्देशन दिने निर्णय गरेको छ ।
अर्कोतर्फ भारत सरकारसँग जिटूजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्